रविलाई प्रचण्डको आग्रह स् भ्रष्टाचारविरोधी अभियानमा दृढतापूर्वक उभिनुस्

जनता संवाददाता
२०८० जेष्ठ १३ गते, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानमा साथ दिन आह्वान गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले भने, ‘भ्रष्टाचार हामी सबैको साझा सत्रु भएकाले निरोधात्मक, उपचारात्मक र प्रबद्र्धनात्मक सबै उपायहरु अवलम्बन गरी कडाइका साथ नियन्त्रण गर्नुको कुनै विकल्प छैन् ।’

भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा कतिपय सांसदहरुले प्रधानमन्त्रीकै मुटु हल्लिएको हो कि आशंका गरेको उल्लेख गर्दै उनले त्यस्तो आशंका नर्गन आग्रह गरे ।

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै रास्वपा सभापति रवि लामिछानेले आफूले प्रधानमन्त्रीको मुटु जाँच गर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले जवाफ फर्काए, ‘विलकुल आशंका नगर्न बरु सरकारले जो अभियान सुरु गरेको छ त्यसमा दृढतापूवर्क उभिन म अपिल गर्न चाहन्छु ।’

प्रकाशित मिति : २०८० जेष्ठ १३ गते, शनिबार


Scroll to Top

Janata Media