बागमती प्रदेश बेसबल तथा सफ्टबल संघकाे समिति गठन, अध्यक्ष सुबास याेन्जन तामाङ

जनता संवाददाता
२०८० जेष्ठ ३१ गते, बुधबार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् मा दर्ता रहेकाे नेपाल बेसबल तथा सफ्टबल संघकाे बागमती प्रदेश संघकाे तदर्थ समित सुवास याेन्जन तामाङकाे अध्यक्षतामा गठन भएकाे छ ।

नेपाल बेसबल तथा सफ्टबल संघका केन्द्रीय अध्यक्ष दीपक न्याैपानेकाे अध्यक्षतामा तथा प्रदेश खेलकुद विकास परिषद्का बाेर्ड सदस्य बक्सिङका आईबा टु स्टार रेफ्री/जज धनकुमार मैनालीकाे प्रमुख आतिथ्यमा राखेप स्थित सभा हलमा सम्पन्न प्रथम भेलाले सुवास याेन्जन तामाङकाे अध्यक्षतामा ११ सदस्यीय तदर्थ  समिति गठन गरेकाे हाे ।

बागमती प्रदेश बेसबल तथा सफ्टबल संघकाे तदर्थ समितिकाे उपाध्यक्षमा श्वाकर मैनाली र विजय लामा, सचिवमा नरेन्द्र माेक्तान, काेषाध्यक्षमा हिरा थपलिया भण्डारी, सदस्यमा अशाेक दुलाल, संगम लामा, अर्पण भुजेल, सुदर्शन थाेकर तामाङ्, सुजन रन्जितकार चयन भएका छन् ।

संघका केन्द्रीय सचिव सन्जिब फुयाल, काेषाध्यक्ष उपेन्द्र दाेङ लामा, केन्द्रीय सदस्य सुरेन्द्र थपलिया, बिदुर ढुङ्गाना (तिलक) राेशन थापाकाे उपस्थितिमा सम्पन्न भेलाले तदर्थ समित गठन संगै नेपाल बेसबल तथा सफ्टबल संघकाे केन्द्रीय प्रतिनिधिमा सुवास याेन्जन तामाङ, श्वाकर मैनाली र हिरा थपलिया भण्डारीलाई समेत चयन गरेकाे संघका अध्यक्ष दिपक न्याैपानेले जानकारी दिएजका छन् ।

२०७९ चैत २२ गते बुधबार राखेपले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को दफा ७ को खेल संघ स्थापना सम्वन्धी मापदण्ड पुरा गरि ३ (तीन) महिना भित्र विधान मस्यौदा तयार गरि परिषद्को स्विकृतीमा साधारण सभा तथा निर्वाचन गर्नु पर्ने सर्तअनुसार दिपक न्याैपानेकाे अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन गरेको थियाे । केन्द्रकाे साधरण सभा २०८० असार २ र ३ मा सम्पन्न हुने समेत अध्यक्ष न्याैपानेले बताएकाछन् ।

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते, बुधबार


Scroll to Top

Janata Media