हुम्ला । देशका अधिकांश स्थानहरूमा करिब ३ दिनदेखि लगातार छ । त्यसैअन्तर्गत हुम्लामा पनि सामान्य वर्षा भइरहेको छ ।
अहिले भइरहेको वर्षाले किसानहरूलाई राहत अर्थात फाइदाजनक भएको छ भने व्यापारी, यातायात व्यवसायी र विभिन्न ठाउँहरुमा आवतजावत गर्ने मानिसहरूलाई प्रत्यक्ष रुपमा असर परेको छ।
विशेषगरी कर्णाली करिडोर अन्तर्गत खुलालु-सलिसल्ला खण्ड र हिल्सा-सिमकोट खण्डको सडकमा सामान्य क्षति भएको छ।
यस क्षेत्रमा अधिकांश खोलाहरुमा पानी बढेको हुनाले कुनै खोलामा पूर्ण र कुनै खोलामा आंशिक रुपमा क्षति गरेको छ। यसले गर्दा प्रत्यक्ष जनजिविकामा असर परेको छ।

यता सडक सञ्चालनमा नआएको हुम्लाको खार्पुनाथस्थित लालीबगरको खोला बढ्दा पूरै रोड नै लिएको छ । भने अन्य खोलाहरूमा पनि यस्तै समस्या देखिएको छ।

अर्को हुम्लाको खार्पुनाथकै खार्पु बेलिवृज निर्माणमा समस्या भएको छ। उक्त बेलिवृज निर्माणको BBC निर्माण सुरु गरेपनि त्यसमा पुरै कर्णालीको पानी जम्मा भएर काम ठप्प भएको छ।
यि त केहि प्रतिनिधि उदाहरण मात्रै हुन् , अन्य थुप्रै असारे विकासमा हानी भएको छ । आर्थिक वर्ष सकिनैँ लाग्दा गरिने विकास निर्माणका काम रोक्न सक्नुपर्छ।
यसका लागि सम्बन्धित जनप्रतिनिधि र स्थानीयहरूले आवश्यक कदम उठाउन जरुरी छ।







