गठबन्धन जोगाएर कांग्रेसले ठुलो उपलब्धी हासिल गरेको छ : उपाध्यक्ष खड्का

चक्र दानी
२०८० श्रावण २ गते, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका उपाध्यक्ष पूर्ण बहादुर खड्काले, नेपाली कांग्रेसले गठबन्धन जोगाएर पार्टीलाई सही बाटोमा डोहोर्याएको बताएका छन् ।

काठमाडौंमा मंगलबारदेखि सुरु भएको बैठकमा आफ्नो धारणा राख्दै उनले ३ महिना २३ औं दिनमा आज सरकारमा कांग्रेस रहनुको पछाडि पुस १० गते भत्किएको गठबन्धन जोगाउने नेतृत्वको सफलताकै कारण सम्भव भएको बताए ।

कुनै पनि हालतमा माओवादी केन्द्र र एमालेबीचको गठबन्धन भत्काउनु पर्छ भन्ने लक्ष्यका साथ सभापति शेर बहादुर देउवाको नेतृत्वमा भएको वार्ताको आधारमा कांग्रेसले राष्ट्रपतिदेखि सरकारमा सहभागिता तथा प्रदेशमा समेत सम्मानजनक अवस्थामा उभ्याएको बताए ।

उनले भने ‘त्यहि विश्वासको मतको आधारमा पुस १० गते भत्किएको गठबन्धन पुर्नस्थापित हुने एउटा राजनीतिक वातावरण बन्यो । त्यहि वातावरणको परिणाम स्वरुप हाम्रो पार्टीको बरिष्ठ नेता रामचन्द्र पौडेललाई हामीले राष्ट्रपतिको रुपमा निर्वाचित गरेर आज मुलुक राष्ट्रपतिको जिम्मेवारी हाम्रा आदरणीय नेताको जिम्मामा पुगेको छ ।

प्रकाशित मिति : २०८० श्रावण २ गते, मंगलवार


Scroll to Top

Janata Media