रेडक्रसको नवीकरण र कर छुटमा सहयोग गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

चक्र दानी
२०८० श्रावण ४ गते, बिहीबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल रेडक्रस सोसाइटीको नवीकरण र कर छुटका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार रेडक्रसको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँग नेरेसोको केन्द्रीय कार्यसमितिका अध्यक्ष, उपाध्यक्ष महामन्त्री, कोषाध्यक्ष उप महामन्त्री कोषाध्यक्ष, उप कोषाध्यक्ष लगायत कार्यसमिति सदस्यहरु तथा कार्यकारी निर्देशक सहितको टोलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको थियो ।

भेटमा नेपाल रेडक्रस सोसाइटीको संस्था नवीकरण, संस्थाको आय तथा सम्पत्तिमा कर छुट र रेडक्रस कानून निर्माणका विषयमा छलफल भएको रेडक्रसका उपमहामन्त्री मनोजकुमार थापाले जानकारी दिए ।

त्यस्तै सोसाइटीले अनुरोध गरेका अन्य विषयहरुमा समेत प्रधानमन्त्रीले गहन चासो राख्दै उपर्युक्त विषयमा आवश्यक सहयोग गर्ने आश्वासन दिएको उनले बताए ।

प्रकाशित मिति : २०८० श्रावण ४ गते, बिहीबार


Scroll to Top

Janata Media