धनुषामा पोखरीमा नुहाउन गएका तीन बालिकाको मृत्यु

जनता संवाददाता
२०८१ असार २० गते, बिहीबार

काठमाडौँ। धनुषामा नुहाउने क्रममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।

धनौजी गाउँपालिका–५ स्थित बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर मृत्यु हुनेमा जिनत खातुन, मुस्कान खातुन र अजमेरी खातुन रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । मृतकहरु १० देखि १२ वर्ष उमेर समूहका रहेका छन् ।

बिहीबार दिउँसो सवा १२ बजेतिर पोखरीमा बालिकाहरुलाई डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगेका थिए । सो क्रममा बाटैमा एकजनाको र दुईजनाको अस्पतालमा मृत्यु भएको हो ।
घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार २० गते, बिहीबार


Scroll to Top

Janata Media