सुडानमा खटिएका शान्ति सैनिकको मृत्यु

जनता संवाददाता
२०८० श्रावण १२ गते, शुक्रबार

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वान शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण (शान्ति सेना) बाह्रौं डफ्फामा कार्यरत अमल्दार रामबहादुर बाँठाको साउन ११ गते मृत्यु भएको छ ।

भेरी अञ्चल, जाजरकोट जिल्ला, खलङ्गा गाउँपालिका, वडा नं. ६ निवासी अमल्दार रामबहादुर बाँठा उक्त शान्ति सेना गण तैनाथ दक्षिण सुडानको रुम्बेकस्थित गण रहेको भेहिकल वर्कशपमा घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको जंङ्गी अड्‍डाले जनाएको छ ।

हाल निजको पार्थिव शरीर पोष्टमार्टमको प्रक्रिया तथा अनुसन्धानको क्रममा रहेको र पोष्टमार्टमपश्चात स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको छ ।

 

प्रकाशित मिति : २०८० श्रावण १२ गते, शुक्रबार


Scroll to Top

Janata Media