नेकपा एमाले अदानचुली गाउँकमिटी द्वारा अदानचुली गाउँपालिकालाई ज्ञापन पत्र

जनता संवाददाता
२०७९ पुष ४ गते, सोमबार

हुम्ला ।  नेकपा एमाले अदानचुली गाउँकमिटीले अदानचुली गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ । सोमबार गाउँपालिकाको कार्यालयमा नेकपा एमालेका अदानचुली गाउँकमिटी, हुम्लाका अध्यक्ष बुध भण्डारीले गाउँपालिकाका कार्यवाहक अध्यक्ष डिल बहादुर फडेरा मार्फत ज्ञापनपत्र बुझाएका हुन् ।

अध्यक्ष भण्डारीद्वारा जारी गरिएको ज्ञापनपत्रमा १५ बुँदामा आफ्ना मागसहित ध्यानाकर्षण गरिएको छ।  निर्वाचनका बेला जनताले यस सरकार माथि धेरै नै आशा गरेका र यस आर्थिक वर्षको अन्त्यतिर आइसक्दा पनि बजेट विनियोजन नभई अधिकांश कामहरूका लागि बजेट निकाशा हुनु गम्भीर लापरवाही भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा लेखिएको छ, “यस आर्थिक वर्ष २०७९/०८० को हिउँदे अधिवेशन पौष १० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने प्रावधान भए अनुसार समय नजिकै आएकाले हालसम्म पनि गाउँपालिका अध्यक्ष,उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत गाउँपालिका नआईसकेकाले कहिले गाउँपालिका आउने हुन् ? भन्ने जिज्ञासा जनमानसमा रहेको हुँदा समयमै हिउँदे गाउँसभा सञ्चालन गर्न अनुरोध गरिन्छ।”

उक्त ज्ञापनपत्रमा १५ बुँदामा अन्य सुझाव सहित गम्भीर ध्यानाकर्षण गराएको छ।

ज्ञापनपत्र हेर्नुहोस्:

प्रकाशित मिति : २०७९ पुष ४ गते, सोमबार


Scroll to Top

Janata Media