ज्ञानेन्द्र मल्लले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा

जनता संवाददाता
२०८० श्रावण १९ गते, शुक्रबार

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् ।

सन् २००६ देखि नेपाली क्रिकेट टिमबाट खेल्दै आएका मल्लले ३७ ओडीआईमा ७ अर्धशतकसहित ८७६ रन बनाएका छन् । उनको अन्तिम खेल भने ४ जुलाई २०२३ मा आयरल्यान्डविरुद्धको भएको छ ।

मल्ल ओडीआईमा अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर पनि हुन् । टी(२० इन्टरनेसनलमा मल्लले १ शतक र २ अर्धशतकसहित ८८३ रन बनाएका छन् ।

पारस खड्काले सन्यास लिएपछि मल्ल नेपाली राष्ट्रिय टिमको कप्तान बनेका थिए । सन् २०१९ मा कप्तानी सम्हालेका मल्लको कप्तानी करियर सन् २०२१ सम्म रह्यो ।

मल्लले आजैदेखि लागू हुने गरी सन्न्यासको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २०८० श्रावण १९ गते, शुक्रबार


Scroll to Top

Janata Media