काठमाडौँ । ३७ वटा निर्माण कम्पनीको लाइसेन्स (इजाजतपत्र) खारेज भएको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एकै पटक ३७ वटा कम्पनीले तोकिएको अवधिमा लाइसेन्स नवीकरण नगरेकाले स्वतः खारेज भएको जनाएको छ ।
निर्माण व्यवसाय ऐन २०५५ को दफा ५ को उपदफा ३ अनुसार यस्ता कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि २०८१ चैत मसान्तसम्म निर्माण व्यवसाय लाइसेन्स नवीकरण गरिसक्नु पर्ने प्रावधान छ । तर सो अवधिमा नवीकरण गर्न नआएपछि स्वतः खारेज भएको मन्त्रालयले जनाएको छ ।
लाइसेन्स खारेज हुनेमा गणपति ग्रुप अफ कन्स्ट्रक्सन प्रालि, त्रिपुरा कन्स्ट्रक्सन भ्याली स्टार बिल्डर्स प्रालि, पारिजात निर्माण सेवा, भ्याली कन्स्ट्रक्सन प्रालि लगायत छन् ।







