आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ

जनता संवाददाता
२०८० भाद्र २ गते, शनिबार

बर्दिया । आफ्नै श्रीमती ४० वर्षीया केस कुमारी विकको हत्या गरेको अभियोगमा बढैयाताल गाउँपालिका-१ सानोडाँफे बस्ने ५१ वर्षीय कृपाल सुनारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सुनारले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २ गते, शनिबार


Scroll to Top

Janata Media