पाकिस्तानको गुलमिर कोट क्षेत्रमा बम विस्फोट, ११ जनाको मृत्यु

जनता संवाददाता
२०८० भाद्र ३ गते, आईतवार

काठमाडौं । पाकिस्तानको उत्तरी वजिरिस्तानको गुलमिर कोट क्षेत्रमा भएको बम विस्फोटमा ११ मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

उत्तरी वजिरिस्तानमा शनिबार एउटा भ्यानमा बम विस्फोट भएको प्रहरी प्रवक्ताले बताएका छन् । मिडिया रिपोर्टका अनुसार हालसम्म कुनै पनि आतंकवादी संगठनले आक्रमणको जिम्मेवारी लिएको छैन ।

केही दिनअघि पाकिस्तानको बाजौरमा एउटा राजनीतिक र्‍यालीमा आत्मघाती विस्फोट हुँदा ६३ जनाको मृत्यु भएको थियो । आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र ३ गते, आईतवार


Scroll to Top

Janata Media