महिला विश्वकप फुटबलको उपाधि स्पेनलाई

जनता संवाददाता
२०८० भाद्र ३ गते, आईतवार

काठमाडौँ । महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ । अस्ट्रेलियाको सिड्नीमा भएको फाइनलमा इङ्गल्यान्डलाई १–० ले हराएर स्पेनले उपाधि उचालेको हो । खेलको २९औँ मिनेटमा ओल्गा कार्मोनाले गरेको गोल नै निर्णायक भयो।

स्पेनले महिला विश्वकप फुटबलको उपाधि पहिलो पटक जितेको हो  दुवै टिम पहिलो पटक फाइनल पुगेका हुन् । सेमिफाइनलमा इङ्गल्यान्ड घरेलु टोली अस्ट्रेलियालाई  र स्पेनले  स्विडेनलाई पराजित गरेका थिए ।

प्रकाशित मिति : २०८० भाद्र ३ गते, आईतवार


Scroll to Top

Janata Media