चट्याङ लागेर महिलाको मृत्यु

जनता संवाददाता
२०८० भाद्र १८ गते, सोमबार

काठमाडौँ । जाजरकोटको बारेकोट गाउँपालिकामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका –५ तोल्खान निवासी २६ वर्षीय रेवती सिंहको मृत्यु भएको हो ।

आइतवार दिउँसो ३ बजे बाख्रा चराउन जङ्गल जानुभएकी सिंहको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक डिएसपी सन्तोष रोकाले जानकारी दिए ।

बाख्रा चराउन जङ्गल गएको बेला हावाहुरीसहितको पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी प्रमुख डिएसपी रोकाले बताए । आइतबार करिब २ बजेपछि हावाहुरीसँग परेको पानीले फलफूलका बिरुवा, मकै, धान, डालेघाँस नष्ट गरेको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र १८ गते, सोमबार


Scroll to Top

Janata Media