एसिया कप क्रिकेट: नेपालद्वारा भारतलाई २३१ रनकाे लक्ष्य

जनता संवाददाता
२०८० भाद्र १८ गते, सोमबार

काठमाडौँ । एसिया कप क्रिकेटमा नेपालले भारतलाई २ सय ३१ रनको लक्ष्य दिएको छ ।
श्रीलङ्काको क्यान्डीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४९ औँ ओभरमा ‍२३० रनमा अलआउट भएको हो ।

नेपालका आशिफ शेखले ५८,सोमपाल कामीले ४८ र कुशल भुर्तेलले ३८ रन बनाए । यस्तै दिपेन्द्रसिंह एेरीले २९ र गुलसन झाले २३ रनको योगदान गरे ।

भारतका रविन्द्र जडेजाले ३ विकेट लिए ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते, सोमबार


Scroll to Top

Janata Media