काठमाडौँ । फेदी खोला गाउँपालिका वडा नं. ५ बाँगेमा अविरल बर्षासँगै गएको पहिरोले घरगोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ । ढुङ्गा माटो र टिनले छाएको एक तले घर गोठँको २५ मिटर माथिबाट आएको पहिरोले पुरिँदा ३१ वर्षीया दुर्गा जिटी र निजकी छोरी तीन वर्षीया निकिसा जिटीको मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले आमा छोरीको घटना स्थमलै मृत्यु भएको बताए । यस्तै घर नजिकै रहेको गोठमा रहेको एक भैँसीको समेत मृत्यु भएको रानाले बताए ।
दुई दिन मात्रै बर्षासगैको बढेको आँधी खोलाले बगाएर पुतली बजार नगरपालिका १४ का ३५ वर्षीय सुर्य प्रसाद भण्डारीको मृत्यु भएको थियो ।







