मोरक्को भूकम्प अपडेट : ६ सय भन्दा बढीको मृत्यु, ३ सयभन्दा बढी घाइते

जनता संवाददाता
२०८० भाद्र २५ गते, सोमबार

काठमाडौं । मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको सुख्खा ६ सय ३२ पुगेको छ ।

स्थानीय समयअनुसार शुक्रबार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्नेच्युडको भूकम्प जाँदा ६३२ जनाको मृत्यु भएको हो ।

त्यहाँको गृह मन्त्रालयले दिएको जानकारी अनुसार घटनामा ३ सय २९ जना घाइते भएका छन् भने ५१ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर ९४४ माइल० दक्षिणपश्चिममा उच्च एटलस पर्वतमा रहेको बताएको छ ।

यसको केन्द्र जमिनको सतहबाट १८।५ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढा रहेको राजधानी रबातमा पनि महसुस गरिएको थियो । कासाब्लान्का र एसाउइरामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पका कारण करिब दश मिनेटसम्म बिजुली र फोन लाइन बन्द भएको थियो ।

मोरोक्कन सरकारले आफ्ना नागरिकहरूलाई रक्तदान गर्न पनि आह्वान गरेको छ। घाइतेको उपचारका लागि आवश्यक पर्ने हुँदा रक्तदान गर्न मोरोक्कोको ब्लड ट्रान्सफ्युसन एन्ड हेमाटोलोजी सेन्टरले आह्वान गरेको हो।

भूकम्पबाट क्षतिग्रस्त ठाउँमा उद्धार टोली खटिएको छ । यद्यपि भूकम्पले थुप्रै भवन, सडकहरू भत्किएको र अवरूद्ध भएकाले पनि उद्धार गर्न समस्या भइरहेको सिएनएनले जनाएको छ ।

माराकेशका ऐतिहासिक पर्खालहरूमा पनि क्षति पुगेको छ ।

शक्तिशाली भूकम्पपछि संयुक्त राष्ट्रसंघले मोरोक्कन सरकारलाई सहयोग गर्न तयार भएको घोषणा गरेको छ ।

प्रकाशित मिति : २०८० भाद्र २५ गते, सोमबार


Scroll to Top

Janata Media