काठमाडौँ । एसिया कपको अन्तिम लिग म्याचमा बङ्गलादेशले भारतलाई ६ रनले पराजित गरेको छ । एसिया कपमा बङ्गलादेशको यो एक मात्र सान्त्वना जित हो ।
बङ्गलादेशले पहिले ब्याटिङ गर्दै भारतसामु जितका लागि २ सय ६६ रनको लक्ष्य राख्यो । जवाफमा भारतीय टिमले शुभमन गिलको शतक पाए पनि २ सय ५९ रन मात्रै बनाउन सक्यो । लक्ष्य पछ्याउने क्रममा भारतीय टिमले सुरुआती ३ ओभरमा २ विकेट गुमायो ।
कप्तान रोहित शर्मा खाता नखोली आउट भए । डेब्यू गरेका तिलक वर्मा पनि ५ रन मात्र बनाएर बोल्ड आउट भए । भारतको सुरवाती २ विकेट बङ्गलादेशको तर्फबाट यो म्याचमा डेब्यू गरेका २० वर्षे तनजिम हसन साकिबले लिए ।
बङ्गलादेशसित हारे पनि भारत यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । उपाधिका लागि भारतले अब श्रीलंकासँँग खेले छ । श्रीलंकाले पाकिस्तानलाई हराएर फाइनलमा स्थान पक्का गरेको हो ।







