सहकारीसम्बन्धी छानबिन समितिले गृहसचिव र आईजीपीलाई छलफलका लागि बोलायो

जनता संवाददाता
२०८१ असार २० गते, बिहीबार

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिले गृह मन्त्रालयका सचिव र प्रहरी महानिरीक्षक (आईजीपी) लाई छलफलमा बोलाएको छ ।

सहकारीका विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाले त्यसको जानकारी लिन गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई सूचनाहरूको जानकारी लिन छलफलमा बोलाइएको हो ।

समितिले आज महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुख, महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसहितका अधिकारीसँग छलफल गरिएको थियो ।यसअघि पनि समितिले कानुन व्यवसायीसहित अन्य सम्बन्धित व्यक्तिहरुसँग समेत छलफल गरेको थियो।

 

प्रकाशित मिति : २०८१ असार २० गते, बिहीबार


Scroll to Top

Janata Media