नेपाल यु–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा

जनता संवाददाता
२०८० आश्विन ८ गते, सोमबार

काठमाडौं । माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै नेपाल यु–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार दशरथ रंगशालामा माल्दिभ्सलाई फराकिलो गोल अन्तरले पराजित गर्दै नेपालले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । पहिलो हाफमै २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

खेलको १७ औं मिनेटमा प्रशान्त लक्षमले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । डिबक्सभन्दा निकै टाढाबाट प्रशान्तले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । समिर तामाङले ३० औं मिनेटमा नेपालको अग्रतालाई दोब्बर बनाए ।

दोस्रो हाफमा ५८ औं मिनेटमा लायन रसिदले गोल गर्नुहुँदै माल्दिभ्सलाई खेलमा फर्काउने प्रयास गरेपनि सफल हुन सकेनन् । खेल सकिन दुई मिनेट बाँकी रहँदा निराजन धामीले गोल गर्दै नेपालको जित लगभग सुनिश्चित गरेका थिए भने दोस्रो हाफको इन्जुरी समयमा निराजन धामीले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई जित दिलाएका हुन् ।

प्रकाशित मिति : २०८० आश्विन ८ गते, सोमबार


Scroll to Top

Janata Media