एमाले वाग्मती प्रदेश अधिवेशन: आज मतदान हुँदै

जनता संवाददाता
२०८० आश्विन ११ गते, बिहीबार

काठमाडौं । नेकपा (एमाले)को वाग्मती प्रदेशको अधिवेशनअन्तर्गत आज मतदान हुँदै छ । बिहानदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका रहेको छ ।

निर्वाचनमा अध्यक्षका लागि चारजनाको उमेदवारी परेको छ । अध्यक्षका लागि चारसहित उपाध्यक्ष, सचिव र उपसचिवका लागि पाँच पदमा २६ जनाको उमेदवारी परेको छ । अध्यक्षमा कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले उमेदवारी दिएका छन् ।

उपाध्यक्षका लागि दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उमेदवारी परेको छ ।

सचिवमा रत्ना गुरुङ, हस्त पण्डित, नवराज सिलवाल र डा। रामकुमार अधिकारीले उमेदवारी दिएका छन् । उपसचिवका लागि १२ जनाको उमेदवारी परेको छ ।

प्रकाशित मिति : २०८० आश्विन ११ गते, बिहीबार


Scroll to Top

Janata Media