काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी–स्टेटको फाइल खोल्न सरकारलाई चुनौती दिएका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा एमाले बागमती प्रदेशको शपथग्रहण तथा कार्यभार हस्तान्तरण समारोहमा उहाँले सो चुनौती दिएका हुन् ।
उनले भने, ‘गिरिबन्धु टी स्टेटको फाइल खोल्नुपर्छ भन्नेहरूले खोले हुन्छ । फाइल खोल्ने नै जेल जानसक्छ ।’ सार्वजनिक सम्पत्ति छलछाम गरेर खल्तीमा हाल्ने नीतिमा एमाले कहिल्यै नलागेको र भविष्यमा पनि नलाग्ने उनले बताए ।
एमाले पार्टी सुन तस्करीमा लाग्ने पार्टी नभई देश बनाउने पार्टी भएको उनले चर्चा गरे । अहिले देशको आर्थिक अवस्था जर्जर भएको बताउँदै उनले एमाले नेतृत्वको सरकारले मात्र देशको अर्थतन्त्र सुधार्न सक्ने दाबी गरे । अध्यक्ष ओलीले ललिता निवास प्रकरणमा एमालेलाई मुछ्न भनेर सत्तारुढ दल लागिपरे पनि आफैँ मुछिने अवस्था आएपछि घटना सेलाएको बताए ।







