३४ कम्पनीको १२ अर्बभन्दा बढीको आईपीओ आउने

जनता संवाददाता
२०७९ आश्विन २३ गते, आईतवार

काठमाडौँ । यस वर्षको दसैंमा जे जति खर्च गर्नुभयो भइहाल्यो, तिहार र छठमा भने सकेसम्म अनावश्यक खर्च कटौती गर्नुहोला । यसरी बचाएको पैसा प्रतिकित्ता एक सय रुपैयाँका दरले प्राथमिक सेयर निष्कासन ९आईपीओ० मा लगानीका लागि उपयोगी हुन सक्छ । दोस्रो बजार बढ्न नसकिरहेका बेला आईपीओमा लगानी गरेर आफ्नो पुँजी कम जोखिम भएको क्षेत्रमा व्यवस्थापन गर्न सेयर लगानीकर्तालाई यो उपयुक्त अवसर हुन सक्छ ।

गत आइतबारसम्म धितोपत्र बोर्डमा आवेदन दिएका विभिन्न क्षेत्रका ३४ कम्पनीले १२ अर्ब १० करोड ५७ लाख ३० हजार ८ सय रुपैयाँ बराबरको (८ करोड १८ लाख २५ हजार ४ सय ८१ कित्ता) आईपीओ निष्कासन गर्न लागेका हुन् । सेयर निष्कासनका लागि आवेदन दिएका ३४ कम्पनीमध्ये २० वटा जलविद्युत् क्षेत्रका (कम्पनी) छन् । बिमा र होटल एन्ड टुरिजम्सका २/२ वटा, लघुवित्त २ वटा, अन्यका ३ वटा, उत्पादन तथा प्रशोधनका ४ वटा र एउटा इन्भेस्टमेन्ट कम्पनी छ ।

सर्वसाधारणका लागि विभिन्न क्षेत्रका ३४ कम्पनीले आईपीओ जारी गर्न थालेका छन् । आईपीओ अनुमतिका लागि ती कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् । बोर्डबाट अनुमति पाएपछि ती कम्पनीको सेयर बजारमा आउनेछ । धितोपत्र बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । यसका आधारमा अबको दुई महिनाभित्रै तीन दर्जनभन्दा बढी कम्पनीको आईपीओ बजारमा आउने जानकारहरू बताउँछन् ।

प्रकाशित मिति : २०७९ आश्विन २३ गते, आईतवार


Scroll to Top

Janata Media