
काठमाडौं । नुवाकोटको महादेव फाँटमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट नुवाकोटको बिदुर जाँदै गरेको बा ५ ख ५७९३ नम्बरको बसले महादेव फाँटकै स्थानीय सावित्री अधिकारी (आमा) र अर्जुन अधिकारी (छोरा) सवार मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी सावित्री अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक सन्जय थापाले लोकपथलाई जानकारी दिए ।
मोटरसाइकलमा सवार सावित्री अधिकारीको त्रीसुली अस्पतालमा मृत्य भएको र अर्जुनलाई काठमाडौंको ग्रण्डी असपताल लगिएको उनले जानकारी दिए । अर्जुनको पनि अवस्था गम्भीर रहेको छ ।
दुर्घटनापछि घटनास्थलमा स्थानीयअरुले सडकमा टायर बालेर बाटो बन्द गराएका छन् ।