जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट १ सय ५७ जनाको मृत्यु

जनता संवाददाता
२०८० कार्तिक १९ गते, आईतवार

काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुगेको छ ।

शनिबार बेलुकी ५ बजेसम्म जाजरकोटमा १ सय ५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको नेपाल प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार भूकम्पमा परी १ सय ७० जना घाइते भएका छन् । घाइतेमध्ये केहीलाई थप उपचारको लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ । क्षतिको थप विवरण संकलन भइरहेको पनि प्रहरीले जनाएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राती ६ दशलमव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि लगातार परकम्प आइरहेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १९ गते, आईतवार


Scroll to Top

Janata Media