नवलपरासीमा जिप दुुर्घटना हुँदा सात जनाको मृत्यु, शव आफन्तको जिम्मा लगाईयो

जनता संवाददाता
२०८० कार्तिक २६ गते, आईतवार

काठमाडौँ । पूर्बी नवलपरासीको दलदले बुुलिगँटार सडकखण्डको देबचुुली नगरपालिकाको गोरेघुुम्तीमा आज ११ः१५ बजे भएको बोलेरो जिप दुुर्घटनामा परी मृत्युभएका सबै सात शव आफन्तको जिम्मा लगाइएको छ ।

ग १ ज ३२७० नम्बरको बोलेरो जिप अनियन्त्रित भइ ओमराज अधिकारीको बन्दैगरेको घरमा ठोक्किएको थियो । जिल्लाको पर्खालाबट दलदले आउँदैगरेको बोलेरो जिप बिहान देबचुुली नगरपालिका ६ को गोरेघुुम्तीमा सडकबाट एक सय ५० मीटर तल खसेर ओमराज अधिकारीको घरमा ठोक्किएको थियो ।

जिपमा सवार छ जनाको घटनास्थलमा नै ज्यान गएको थियो । एक जना घाइतेको भरतपुुर अस्पताल चितवनमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मृतकहरुको शब मध्यबिन्दुु जिल्ला अस्पताल डण्डामा पोष्टमार्टम गरी आफन्तलाई बुुझाइएको प्रहरीले जनाएको छ ।

दुुर्घटनामा मृत्युु हुुनेहरुमा बौंदीकाली गाउँपालिका ६ मझडाँडा बस्ने बर्ष २९ को बोलेरो चालक छनबहादुुर आले मगर, सोही वडा लाहापेका बर्ष ५२ की कुुमारी राना, सोही वडाकी बर्ष ५५ का टेकमन वानटक्की मगर, बुुलिगँटार गाउँपालिका ४ चुुलीबोझा बस्ने बर्ष १२ की करिश्मा ठाडा मगर र ४० बर्षकी कमला वान्टकी मगर रहेकी छन् ।

त्यस्तै, कावासोती नगरपालिका १६ बस्ने बर्ष १७ का अश्विन गैरै र मध्यबिन्दुु नगरपालिका २ बस्ने घाइते भइ उपचार गराइरहेको अवस्थामा निधन भएका बर्ष १८ का चिरन अर्याल रहेको प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।

प्रकाशित मिति : २०८० कार्तिक २६ गते, आईतवार


Scroll to Top

Janata Media