गर्भवती पहिचान गर्न सिमकोट गाउँपालिकाले राख्यो गर्भवतीको घरमा निलो झण्डा

जनता संवाददाता
२०८० मंसिर २ गते, शनिबार

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाले सबै वडाका स्वास्थ्य चौकी अन्तर्गत रहेका गर्भवती महिलाहरुको घरमा निलो भण्डा राखिएको छ । सहजै गर्भवती घर पहिचानका लागि उक्त झण्डा गाडिएको हो । गाउँपालिकाले १ देखि ८ वडा सम्मका स्वास्थ्य चौकी अन्तरर्गत रहेका १ सय १० जना गर्भवती महिलाहरुलाई झण्डा वितरण गरिएको हो ।

गर्भवती पहिचान घर कार्यक्रम सिमकोट गाउँपालिका, हुम्ला लेखेको झण्डा गर्भवतीको घरमा राखीएको छ । यो गर्भवती महिलाको घर हो भन्ने कुरा जसबाट सजिलै थाहा हुने स्वास्थ्य सह–संयोजक रावतले जानकारी दिईन् ।

गर्भवती महिलाको पहिचानको लागी पनि यो कार्यक्र लागु भएको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले बताए । “स्वास्थ्यकर्मी पुग्दा पनि निलो झण्डाले महिलाको घर पहिचान गर्न सजिलो हुनेछ ।” संयोजक भण्डारीले बताए । यो अभियानले गर्भवती महिलाहरुको घरमा सुत्केरी गराउनेको सख्या घट्ने बताए ।

जसमा सिमकोट गाउँपालिका वडा नम्बर १ मा ८ जना, २ मा १५ जना, ३ मा २ जना, ४ मा ४ जना, ५ मा १६ जना, ६ मा १२ जना, ७ मा २३ जना र ८ मा ३० जनाको घरमा सुत्केरी गराउनेको सख्या रहेको संयोजक भण्डारीले जानकारी दिए

गर्भ अवस्थामा नियमित स्वास्थ्य जाँच गर्नुपर्ने र हरेक बार खाना चार, टिटि सुई लगायत जनचेतना दिने कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : २०८० मंसिर २ गते, शनिबार


Scroll to Top

Janata Media