काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत आज भएको फाइनल खेलमा भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले उपाधि चुमेको छ।
भारतको गुजरातस्थित अहमदाबादको नरेन्द्र मोदी रंगशालामा घरेलु टिम भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४३ ओभरमा सो लक्ष पुरा गर्दै ‘आइसिसी एक दिवसीय क्रिकेट विश्वकप, २०२३’ को उपाधि हात पारेको हो।
योसँगै अष्ट्रेलियाले छैठौँ पटक विश्वकप उपाधि जित्न सफल भएको छ।