चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक सार्वजनिक

जनता संवाददाता
२०८० मंसिर ८ गते, शुक्रबार

काठमाडौं । लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । नारी प्रधान चलचित्र ‘सतीदेवी’को फर्स्टलुक पोस्टरमा केन्द्रिय भूमिकामा रहेको अभिनेत्री मलिका महत फिचर्ड हुनुहुन्छ ।

सार्वजनिक पोस्टरमा मलिका महतलाई जुत्ताको मालासहित कालोमोसो लगाइएको देख्न सकिन्छ ।

यस्तै, पोस्टरमा लेखिएको छ, ‘इश्वरको उपहार,सृष्टि धान्छन्, होइनन् कर्महारा । छोरी बुझौं,छोरी पुझौँ,यिनै संसार सारा । यो लेखाईले चलचित्र नारीको कथामा रहेको समेत पुष्टि गर्दछ ।

चलचित्रमा महतसँगै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदिश अधिकारी लगायतको अभिनय रहेको छ । दिलासा र साराको प्रस्तुती रहेको फिल्मको निर्माताका श्रीदेवी, दिलासा र सारा सुवेदी हुन।

दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको चलचित्रमा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद छ । बाबु श्रेष्ठले छायांकन गर्नुभएको यस चलचित्रमा दीपक शर्मा र सुवास भुसालको सङ्गीत छ भने रामजी लामिछानेको कोरियोग्राफी छ । काठमाडौं र लमजुङको विभिन्न स्थानमा छायाङ्कन भएको चलचित्रको हाल पोस्ट प्रोडक्सनको कार्य अन्तिम चरणमा छ ।

चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : २०८० मंसिर ८ गते, शुक्रबार


Scroll to Top

Janata Media