घुमुवा प्रहरी हुँ भन्दै व्यापारीहरूसँग रकम उठाउने व्यक्ति पक्राउ

जनता संवाददाता
२०८० मंसिर १५ गते, शुक्रबार

पर्सा । घुमुवा प्रहरी हुँ भन्दै व्यापारीहरूसँग महिनावारी रकम उठाएको अभियोगमा बारा आदर्श कोतवाल गाउँपालिका-८ लक्ष्मीपुर बस्ने ५५ वर्षीय गोबिन्द महतो कोईरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

कोईरीले ५ र ६ महिनादेखि आफूलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटि आएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भन्दै वीरगञ्ज महानगरपालिका-२३ हरपतगञ्जस्थित व्यापारीहरूसँग रकम उठाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले उनलाई वीरगञ्ज महानगरलिका-२३ सुगौली विर्ताबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० मंसिर १५ गते, शुक्रबार


Scroll to Top

Janata Media