त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पावरबैंक पड्किएर यात्रुको झोलामा आगो लाग्यो

जनता संवाददाता
२०८० मंसिर १७ गते, आईतवार

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पावरबैंक पड्किएर यात्रुको झोलामा आगलागी भएको छ ।

बोर्डिङ पास भएर उडानको प्रतिक्षामा रहेका एक विदेशी नागरिकको पावरबैंक पड्किएर सामान्य आगलागी भएको हो ।

ती विदेशी नागरिकले पारवबैंकमा चार्ज गर्दै ल्यापटप चलाइरहेको अवस्थामा उक्त पावरबैंक पड्किएर ल्यापटपसहित झोलामा समेत आगलागी भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौड्यालले लोकपथलाई जानकारी दिए । उनका अनुसार तत्काल आगो निभाइएको कारण कुनै अप्रीय घटना नभएको र अहिले अवस्था सामान्य बनेको छ ।

‘एक विदेशी नागरिकले पावर बैंकमा चार्ज गर्दै ल्यापटप चलाइरहेको अवस्थामा पड्किएको थियो ।’ पौड्यालले भने, ‘तत्काल आगो निभाएपछि अहिले अवस्था सामान्य बनेको छ ।’

प्रकाशित मिति : २०८० मंसिर १७ गते, आईतवार


Scroll to Top

Janata Media