यात्रुवहाक फोर्स गाडी सल्यानमा दुर्घटना : १६ जना घाइते

जनता संवाददाता
२०८१ आश्विन २४ गते, बिहीबार

काठमाडौं । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको यात्रुवहाक फोर्स गाडी सल्यानमा दुर्घटना भएको छ ।

लु २ ख ५००२ नम्वरको फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका १ बुरेलीखोलामा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बिहिबार बिहान ४ बजे गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा परेर १६ जना घाइते भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको र १२ जना सामान्य रहेको उनले जनाए । सबै घाइतेहरुको उद्धार गरेर उपचारका लागि चौरजहारी अस्पताल ल्याइएको छ ।

ब्रेक फेल भएको कारण गाडी दुर्घटना भएको बताइएको छ । घटनाको पूरा विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०८१ आश्विन २४ गते, बिहीबार


Scroll to Top

Janata Media