राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

जनता संवाददाता
२०८० पुष ६ गते, शुक्रबार

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । शुक्रबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति कार्यालयमा पुगेर वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

राष्ट्रपति कार्यालयका सहसचिव कृष्णप्रसाद लम्सालका अनुसार आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

प्रकाशित मिति : २०८० पुष ६ गते, शुक्रबार


Scroll to Top

Janata Media