काठमाडौँ । अहिले हामी जस्तो खालको जिन्दगी बाँचिरहेका छौँ, यसमा सबैभन्दा धेरै मानसिक स्वास्थ्य प्रभावित भइरहेको छ । तनावमा हुँदा मान्छेले आफैँलाई चिन्तामा यति डुबाउँछ कि कोही–कोही त डिप्रेशनकै शिकार हुन्छन् ।
यस्तो समस्यासँग जुधिरहेको व्यक्तिका लागि उनको पार्टनरले बेष्ट थेरापिष्टको काम गर्न सक्छ भन्ने कुरा तपाईँलाई थाहा छ ? सुन्दा अचम्म लागे पनि यो वास्तविकता हो ।
कयौँ अनुसन्धानहरुले यो कुरालाई पुष्टि पनि गरिसकेका छन् । पार्टनरको साथले हामीलाई कयौँ खालका रोगबाट बचाउन सक्छ । यति मात्रै होइन मानसिक स्वास्थ्य सुधार्न पनि उपयोगी हुन्छ पार्टनरको साथ । तर यसका लागि कुराकानी भने गर्न जरुरी छ । पार्टनरसँग कुराकानी गर्नु र आ–आफ्नो चिन्ता शेयर गर्नु भनेको थेरापी जस्तै हो ।
म्याजिकल टोनिक हो पार्टनरको साथ
पार्टनरको साथले जादु गरे जस्तो काम गर्ने रिलेशनशिप काउन्सिलरहरू बताउँछन् । कुराकानीले जिन्दगीलाई बिन्दास र स्वस्थबद्र्धक बनाउँछ । यसरी आफ्नो पार्टनरसँग हाम्रो भावनात्मक र शारीरिक कनेक्शनले टोनिक जस्तैगरी काम गर्छ । साथले हामीलाई भावनात्मक सुरक्षा दिन्छ, एक अर्काको हात समात्ने, मायाले हेर्ने र ‘आई लभ यु’ जस्ता अभिव्यक्तिले केही सेकेन्डका लागि भएपनि सबै तनाव भाग्छ । तपाई विवाहित हुनु हुन्छ या रिलेशनशिपमा हुनुहुन्छ भने पार्टनरको साथले जिन्दगीमा अहम् भूमिका निर्वाह गर्छ । यो हाम्रो मानसिक स्वास्थ्यको लागि निकै जरुरी छ ।एजेन्सी







