वेस्ट इन्डिज ‘ए’विरुद्धको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी

जनता संवाददाता
२०८१ बैशाख २२ गते, शनिबार

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा जितका लागि एक सय ७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । यससँगै सिरिज वेस्ट इन्डिजले ३–२ ले जितेको छ ।

नेपालका लागि अनिल शाहले ५८ र आशिफ शेखले ५१ रनको अर्धशतकीय पाली खेले । कुशल मल्लले अविजित ३७ र कुशल भुर्तेलले १३ रन बनाए ।

बलिमा वेस्ट इन्डिजका ओवेड म्याक्वेले तीन तथा म्याथ्यु फर्डले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७२ रन बनाएको थियो ।

वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जे अविजित ४२ रन बनाए । यस्तै कप्तान रोस्टन चेजले ३३, जोनसन चार्ल्सले २४, म्याथ्यु फर्डले २३ तथा कादिम अलीने र मार्क डेयलले समान ११ रन बनाए । बलिङमा नेपालका सागर ढकाल र सोमपाल कामीले तीन तीन विकेट लिए । अविनाश बोहराले एक विकेट झारे । पाँच खेलको सिरिजमा यसअघिनै वेस्ट इन्डिज ‘ए’ ३–१ ले जितिसकेको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २२ गते, शनिबार


Scroll to Top

Janata Media