हुम्ला । हुम्लाको चंखेली गाउँपालिकाले सार्वजनिक ऐलानी घर, जग्गा खाली गर्ने सम्बन्धी २१ दिने सुचना प्रकाशित गरेको छ। गाउँपालिकाले पालिकाभित्र रहेका सार्वजनिक ऐलानी घर, जग्गा खाली गर्ने सम्बन्धी २१ दिने सुचना प्रकाशित गरेको हो।
चंखेली गाउँपालिका अन्तर्गत रहेका ६ वटै वडाभित्र बसोबास गर्ने तपशिलका व्यक्तिहरुले वडा नं २ को देउली र बागवानीमा सरकारी जग्गामा बनाइएका घर टहराहरु जग्गा त्यसैगरि वडा नं ४ को पिप्लाइमा सार्वजनिक ऐलानी जग्गामा बनाइएका घरटहराहरु यो सुचना प्रकाशित भएको मितिले २१ दिन भित्र आफुले उपभोग गरिरहेको घर जग्गा, टहराहरु तत्काल खाली गर्न हुन अनुरोध गर्दै यो सूचना प्रकाशित गरेको छ ।
साथै तोकिएको २१ दिने म्याद भित्र खाली नगरेको खण्डमा स्थानिय सरकारले आफुले प्रयोग गर्ने सबै अधिकारहरु प्रयोग गरि अधिकरण गरिएको जग्गा सरकारी तया सार्वजनिकिकरण गर्ने कुरा अवगत गराउँदै कानुन बमोजिमको कार्य अगाडि बढाईने जानकारी गरेको छ। गाउँपालिकाले यो भन्दा पहिले पनि सूचना प्रकाशन गरेको थियो तर बेवास्ता भएपछि पुनः दोस्रो पटक २०८०/१०/०४ गते सूचना प्रकाशित गरेको छ ।







