के एलिना चौहानको ब्रेकअप भएको हो ? के भन्छिन् उनी ?

जनता संवाददाता
२०८० माघ १० गते, बुधबार

काठमाडौँ । गायिका एलिना चौहान र अष्ट्रेलीयामा बस्दै आएका विष्णु सापकोटाबीच प्रेमको चर्चा निकै चुलियो । यी दुईले एकसाथ थुप्रै टिकटक पनि बनाए । साथै, यी दुईले सामाजिक संजालमा लाइभमा आएर आफूहरूको प्रेम स्विकार पनि गरे ।

तर, अहिले एलिना र विष्णु दुबैले आफूहरूको सामाजिक संजालबाट एकअर्कासँग खिचिएको तस्विर हटाएका छन् ।

यी दुईले त बिहे गर्ने चर्चा समेत चलेको थियो । अष्ट्रेलीयामा एक साङ्गीतिक कार्यक्रममा गएको समयमा एलिना विष्णुसँग देखिएकी थिइन् । यसपछि, यी दुई आफूहरूको प्रेममा खुलेरै अगाडि आएका थिए ।

तर, अहिले यी दुई अलग भएको चर्चा छ । एलिनाले सामाजिक संजालमा तीन दिन अगाडि लेखेकी छिन्–‘रुवाउनेलाई मेरो आशु नलागोस् है भगवान । सधैं राम्रो होस् ।’

एलिनालाई विष्णुले मानसिक तनाव दिने गरेको चर्चा मिडियामा छ ।

चौहानले समाचार बाहिरिएपछि फेसबुकमा लेखेकि छन्, ‘म यो समाचारको हेडलाईन बन्न तयार थिईन र यो मेरो ईच्छा बिरुद्ध हो, खेद प्रकट छ ।’

प्रकाशित मिति : २०८० माघ १० गते, बुधबार


Scroll to Top

Janata Media