हर्क बुढा भन्छन्: अध्यक्षदेखि हाकिमसम्म गुहारेँ तर कसैले सुनेनन्, उल्टै धरौटी रकम गायब बनाईदिए

जनता संवाददाता
२०८० माघ १३ गते, शनिबार

काठमाडौँ । आर्थिक वर्ष २०७७।०७८ मा ठेक्का प्रक्रिया मार्फत निर्माण सुरु भई सम्पन्न समेत भएको हुम्लाको अदानचुली गाउँपालिकाको स्वास्थ्य क्लिनिकको धरौटी रकम समेत फिर्ता भएको छैन । अर्थात गायब ने भएको हो भन्दा फरक पर्दैन ।

अदानचुली गाउँपालिका वडा नं ६ का हर्क बुढा सञ्चालक रहेको मदानदेव कन्स्ट्रक्सनले निर्माण कार्य सुरु गर्दा रु. १ लाख छपन्न हजार आठ सय रुपैँया धरौटी रकम लगभग तिन वर्ष बितिसक्दा पनि फिर्ता नभएको हो ।

पटक पटक गाउँपालिका अध्यक्ष, लेखापाल, हाकिम सम्मलाई गुहार्दा पनि कसैले नसुनेको र उल्टै धरौटी रकम नै गायब बनाएको हर्क बुढाले गुनासो पोखेका छन् । ‘मैँले स्वास्थ्य क्लिनिकको भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण पनि गरेँ तर अहिलेसम्म लगभग तिन वर्ष बितिसक्दा पनि मेरो धरौटी रकम फिर्ता भएन । बर उल्टै धरौटी रकम गायब भएको मलाई महशुस भएको छ ।’ जनता मिडियासँग उनले भने ।

यता गाउँपालिकाले भने धरौटी रकम पर्याप्त भएको र भूक्तानी प्रक्रिया नपुगेको दाबी गरेको छ ।

भिडियो हेर्नुहोस्ः

यो पनि पढ्नुहोस्ः

स्वास्थ्य क्लिनिकको भवन निर्माणको धरौटी रकम अदानचुली गाउँपालिकाबाट गायब..!

प्रकाशित मिति : २०८० माघ १३ गते, शनिबार


Scroll to Top

Janata Media