हिमाली जिल्ला हुम्लामा हिमपात, किसान खुसि

जनता संवाददाता
२०८० माघ १८ गते, बिहीबार

मोहनसिंह बुढा, हुम्ला । हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । बुधवार मौसममा आएको फेर बदल सँगैबिहीबार बिहानबाट हिमापात सुरु भएको हो ।

जिल्लामा लामो समयपछि हिमापात हुँला कालापत्थरका रुपमा परिणत भएका डाँडा काँडा समेत सेताम्बे देखिएका छन । गत मंसिर महिना अन्तिम सातादेखी बर्षा नभएको जिल्लामा यो पटक हिमपात हुँदा खेतबारीमा लगाइएको गहुँ बालीलाई राहत भएको छ ।

बिहान पौने ५ बजेबाट हिमपात सुरु भएसँगै जिल्लाका किसान खुसी भएका छन् । हुम्लीवासीहरुले हिमपातपछि मौसम ठिक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन । गत कार्तिक देखी पुष अन्तिमसम्म खेतबारीमा लगाइएको जेठासीवाली गहुँ, जौ, उवा, मसुरो, मटर लगायतका बालीलाई राम्रो हुने सिमकोट ५ का मदन रावतले बताउनु भएको छ ।

उहाँले हिमपातले हिमाली जिल्लामा राम्रो गर्छ । अहिलेसम्म धुलोधुवाँ, हावाहुरी चलेपनि हिमपातपछि मौसमलाई ब्यालेन्स गर्ने गर्छ भन्ने जनविश्वास रहेको छ ।

हिमपातले सदरमुकाम सिमकोट र अन्य अग्ला अग्ला डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । यसअघि हिमपात र वर्षा नहुदा खाद्यान्न संकट हुने चिन्ता समेत टरेको छ ।

जिल्लाका सडकमा भएको धुवा धुलो समेत हट्ने भएको छ भने नगारिकले आज हिउँ खेल्न समेत पाउने भएका छन् ।

प्रकाशित मिति : २०८० माघ १८ गते, बिहीबार


Scroll to Top

Janata Media