हुथी बिद्रोहीले अमेरिकी जहाजमा आक्रमण गरेको दाबी

जनता संवाददाता
२०८० माघ १८ गते, बिहीबार

काठमाडौं । यमनको हुथी समूहले अडेनको खाडीमा रहेको अमेरिकी व्यापारिक जहाजमा मिसाइल हमला गरेको दाबी गरेको छ । उनीहरूले एक कन्टेनर जहाजलाई निशाना बनाएको बताएका छन् ।

इजरायली बन्दरगाहहरूमा जाँदै गरेको सो कन्टेनरमाथि आक्रमण गरेको उनीहरुको भनाइ छ ।

हुथी सेनाका प्रवक्ता याह्या सारियाले गाजासँग ऐक्यबद्धता र यमनमा अमेरिकी–बेलायत आक्रमणको बदलास्वरूप आक्रमण गर्नुपरेको बताए ।

उक्त आक्रमण रेड सीमा रहेको अमेरिकी विनाशक यूएसएस ग्रेभलीमा मिसाइल प्रहार गरेको केही घण्टापछि भएको हो । यस दाबीमा अमेरिकी पक्षबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

 

प्रकाशित मिति : २०८० माघ १८ गते, बिहीबार


Scroll to Top

Janata Media