आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै

जनता संवाददाता
२०७९ फाल्गुन १० गते, बुधबार

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव र प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश हुने सम्भावित कार्यसूची छ ।

संघीय संसदका महासचिव डा। भरतराज गौतमका अनुसार आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिवेदन गर्ने छन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन १० गते, बुधबार


Scroll to Top

Janata Media