दुई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि क्रिकेट टोलीको घोषणा, आकाश चन्दलाई मौका

जनता संवाददाता
२०८० माघ २२ गते, सोमबार

काठमाडौँ । नेपाल क्रिकेट संघले घरेलु मैदानमा आयोजना हुने दुई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आइतबार नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले यसै साता हुने क्यानडाविरुद्धको एकदिवसीय शृङ्खला र त्यसलगत्तै सुरु हुने आईसीसी विश्व लिग–२ अन्तर्गतको शृंखलाका लागि राष्ट्रिय टोलीको घोषणा गरेको हो ।

क्यानडासँगको शृंखलाका लागि घोषित टिममा क्यानले भर्खरैमात्र यू–१९ विश्वकप र प्रधानमन्त्री कप खेलेका खेलाडीलाई समेटेको छ । यस्तै, लिग–२ का लागि घोषित टिममा भने पुरानै खेलाडीलाई निरन्तरता दिइएको छ ।

लिग–२ को शृंखलाका लागि क्यानले चार खेलाडीलाई रिजर्भमा राखेका छ । क्यानले प्रतिस जिसी, देव खनाल, अनिल साह र विवेक यादवलाई रिजर्भ खेलाडीमा राखेको छ ।

क्यानडाविरुद्धको शृंखलाका निम्ति घोषित नेपाली टिम
रोहितकुमार पौडेल, आसिफ सेख, देव खनाल कुशल मल्ल, भीम सार्की, आरिफ सेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललितनारायण राजवंशी, आकाश चन्द, अनिल साह ।

लिग–२ का लागि घोषित टिम
रोहितकुमार पौडेल, आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ सेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सूर्य तामाङ, रिजन ढकाल ।

प्रकाशित मिति : २०८० माघ २२ गते, सोमबार


Scroll to Top

Janata Media