पुनः सञ्चालनमा पिरामिड प्रयोगशाला

जनता संवाददाता
२०८० माघ २९ गते, सोमबार

काठमाडौँ, । सगरमाथाको फेदीमा एघार वर्षदेखि बन्द अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशाला पुनः सञ्चालन हुने भएको छ । बजेट अभावमा सन् २०१३ देखि बन्द रहेको प्रयोगशाला नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० ले विज्ञान कूटनीतिको अवधारणा जागृत गर्दै बहुउपयोगी ढाँचामा पुनः सञ्चालन गर्न लागेको हो ।

केटु केन्द्रित अध्ययन अघि बढाउन बनेको सहमति र सिएनआरले बजेट दिने प्रतिबद्धता आएसँगै पिरामिड प्रयोगशालाको प्रयोग सुनिश्चित भएको हो । नेपाललाई विशिष्ट वैज्ञानिक अध्ययनको केन्द्र बनाउन प्रयोगशालाको सदुपयोगी रणनीतिको खाका बनिसकेको नास्टका सचिव डा। रवीन्द्रप्रसाद ढकालले बताउनुभयो । उनले भने, “उताबाट बजेट आउनेवित्तिकै अध्ययन अनुसन्धानको नयाँ बाटो खुल्छ ।” जसका लागि नास्टले सिएनआरसँगको सम्झौता पनि नवीकरण गरेर स्वामित्व लिएको छ ।

यो प्रयोगशाला सन् १९९० सर्वोच्च शिखर सगरमाथा र दोस्रो सर्वोच्च शिखर पाकिस्तानको केटु हिमालका नाममा एभरेस्ट–केटु–इटालियन राष्ट्रिय अनुसन्धान परिषद् ९सिएनआर० परियोजना अन्तर्गत स्थापना भएको थियो । सोलुखुम्बुस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको लोम्बुचेमा स्थापना भएको प्रयोगशाला मातहतका अध्ययन अनुसन्धान बन्द हुँदा सगरमाथाबारे विश्वकै वैज्ञानिक गतिविधि ठप्प बनेको थियो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सञ्चालित प्रयोगशालाका लागि सन् २०१३ देखि बजेट आउन बन्द भएपछि यस अन्तर्गत हुने अध्ययन अनुसन्धानको गतिविधि ठप्प बनेको थियो । त्यसबेला सगरमाथाभन्दा केटु हिमाल अग्लो भन्ने भ्रम चिर्नकै लागि पनि विश्वकै उच्च हिमाली भेगमा प्रयोगशाला बनाएर रेकर्ड राखिएको थियो ।

साथै नास्टको पहलमा सरकारले आफैँ स्वामित्व लिएर भविष्यका लागि समेत फलदायी हुने गरी पिरामिड प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको नास्ट सचिव ढकालले औँल्याए। नयाँ सम्झौता अनुसार आगामी दिनमा अन्य मुलुकले पनि प्रयोगशालाका लागि आवश्यक बजेट दिन सक्ने छन् । त्यस्तै सम्झौताले अध्ययन गरेका वैज्ञानिकले पत्ता लगाएका तथ्य फर्कने बेलामा नेपालमै सार्वजनिक गरेर र नास्टलाई बुझाएर जानुपर्ने सुनिश्चिता गरेको छ ।

वैज्ञानिक आर्थिक विकासका लागि उच्च धरातलीय अनुसन्धानको महìव बढिरहेकाले पिरामिड प्रयोगशाला सहयोगी साबित हुने नास्टको दाबी छ । देशलाई फाइदा हुने गरी सञ्चालनका लागि थप बजेट उपलब्ध गराउन सरकारको ध्यानाकर्षण हुनै पर्ने नास्टका वैज्ञानिक बताउनु हुन्छ ।

सरकारले नीतिगत रूपमै उच्च धरातलीय अध्ययनलाई प्राथमिकता दिएको छ । विश्वका १४ वटा उच्च हिमालमध्ये आठ वटा नेपालमा छन् । सोही तथ्यका आधारमा इटली सरकारले मित्र राष्ट्रसँग द्विपक्षीय तथा बहुपक्षीय विज्ञान कूटनीतिक पहल गर्नुपर्ने वैज्ञानिकहरूले सुझाव दिनुभएको छ । प्रयोगशालामा अध्ययन गर्न इटालीबाट १९ र नेपालका १४ गरी ३३ वटा प्रस्ताव आइसकेका छन् ।

समन्वयकारी रूपमा ती अध्ययन गराइने नास्टका वैज्ञानिक डा। मदनलाल श्रेष्ठले जानकारी दिए । उनले भने, “सुषुप्त बसेको प्रयोगशालामार्फत अध्ययन सुचारु हुने खबरले विदेशका वैज्ञानिकले खुसी व्यक्त गरेका छन् ।”

परियोजनाले नेपालका वैज्ञानिकको क्षमता अभिवृद्धि गर्न स्नताकोत्तर र विद्यावारिधि अध्ययनमा पनि सघाउने छ । उच्च धरातलीय क्षेत्रको अनुभव सिएनआरसँग बढी भएकाले उससँगको सहकार्य जारी राख्दै पिरामिड प्रयोगशाला सुचारु गर्ने बहुआयामिक ढोका खोल्ने रणनीति निर्माण गर्न नास्टले गृहकार्य गरिरहेको छ ।

सगरमाथादेखि तल करिब पाँच हजार ५० मिटरको उचाइमा नेपालको पुमोरी हिमाल जस्तै देखिने पिरामिड आकारमा यो प्रयोगशाला बनेको छ । प्रयोगशालाको पिरामिड शैलीको छानाभिर जडान गरिएका पाताबाट उत्पादित सौर्य ऊर्जाबाटै सबै प्राविधिक उपकरण सञ्चालन गरिएको छ । उच्च भूभागमा रहेको क्षेत्रमा दिनदिनै ढोका खोलेर चलाउन सकिने प्रयोगशाला बनाउन नसकिने भएकाले पनि बन्द ढाँचामा यसको काम हुने गरेको उनले बताए ।

प्रयोगशालाभित्र स्थायी मौसम स्टेसन, जमिनमा हुने गतिविधि पत्ता लगाउने जिएनएस प्रणाली र भूकम्पीय हलचल पत्ता लगाउन भूकम्प अध्ययन केन्द्र राखिएको छ । जुन अन्य गतिविधि बन्द हुँदा पनि निरन्तर चलिरहेका छन् । तीनतले प्रयोगशालाको एक पटकमा २० जनाभन्दा बढी वैज्ञानिक बसेर अध्ययन गर्न सक्ने क्षमता छ ।

यस प्रयोगशालामार्फत सन् २०१३ भित्र विश्वका एक हजार जना वैज्ञानिकले पाँच सयभन्दा बढी अध्ययन गरेर तथ्य सार्वजनिक गरेका छन् । नास्टका सचिव ढकालका अनुसार पिरामिडको भौतिक संरचनालाई बाहिरी तहबाटै सुधार गरेर बलियो बनाउँदै वातावरणीय प्रभावसमेत कम पार्ने गरी पुनः निर्माण गरिने छ ।

प्रकाशित मिति : २०८० माघ २९ गते, सोमबार


Scroll to Top

Janata Media