मुगु हत्या प्रकरण: हत्या आशंकामा मुगुमा एक व्यक्ति पक्राउ

जनता संवाददाता
२०८० कार्तिक १३ गते, सोमबार

गमगढी । मुगुको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा एकै परिवारका चारजनाको हत्या भएको चार दिनपछि प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

आइतबार जिल्ला सदरमुकाम गमगढीबिजारबाट पक्राउ गरेको व्यक्तिबारे प्रहरीले थप विवरण खुलाएको छैन। गत शनिबार नै जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुगु पुगेर अनुसन्धान गरिरहेको छ।

छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको घरमै हत्या भएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक १३ गते, सोमबार


Scroll to Top

Janata Media