आज ( ११ फाल्गुण २०८० शुक्रवार को राशिफल

जनता संवाददाता
२०८० फाल्गुन ११ गते, शुक्रबार

 

मेष

मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । शेयर बजार पनि असफल हुनसक्छ ।

मिथुन

मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह

सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । ससाना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्य प्रतिकूल रहनाले खर्च पनि बढ्न सक्छ ।

तुला

तुला ९रा, रि, रु, रे, रो, ता, ति, तु, ते० महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु

धनु ९ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० आज स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । मालसामान हराउन पनि सक्छ ।

कुम्भ

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, दा० आज राजनैतिक र न्यायिक कार्यबाट सफलता मिल्ने र रुचि बढ्नेछ । शुभारम्भको चर्चा पनि चल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

बृष

वृष ९इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

कर्कट

कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा नपरेकै राम्रो हुन्छ ।

कन्या

कन्या ९टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । सामाजिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथिको आगमन हुनेछ ।

बृश्चिक

वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ ।

मकर

मकर ९भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० आज विदेश अथवा दूरदराजमा बसोबास गर्ने व्यक्तिहरूसँग सम्बन्ध सुमधुर रहनेछ, तर लामो यात्रा नगरेकै जाती अतस् लाभ मिल्ने छैन ।

मीन

मीन ९दि, दु, थ, झ, ञ, दे, दो, चा, चि० महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शेयर बजारको कारोबार राम्रै होला, तर यात्रा चैं राम्रो नहोला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । ( ज्यो।प। नारायणप्रसाद दुलाल

प्रकाशित मिति : २०८० फाल्गुन ११ गते, शुक्रबार


Scroll to Top

Janata Media