राजेन्द्र महतोद्वारा लोसपा परित्यागको घोषणा

जनता संवाददाता
२०८० फाल्गुन १४ गते, सोमबार

काठमाडौं । नेता राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल परित्याग गरेको घोषणा गरेका छन् । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नेता महतोले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल परित्याग गरेको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै एउटा पार्टी र राजनीतिक दलबाट राष्ट्रिय प्रतिक्रान्ति सम्भव नभएकाले लोसपा, जसपा, कांग्रेस, एमाले सबै पार्टीहरूमा समेत बहुल राष्ट्रिय मान्यताको अधिकारको पहिचानको मान्यता राख्नेहरू एकजुट हुनुपर्ने बताए ।

नेता महतोले आफ्नो क्रान्तिका लागि सबैले साथ दिन आह्वान गरेको बताए । उनले राष्ट्रिय क्रान्ति मुक्तिका लागि अभियान, सङ्घर्ष र विद्रोहका क्रममा सशक्त आन्दोलन आवश्यक रहेको जानकारी दिए । उनले अभियान, सङ्घर्ष र विद्रोहले राजनीतिक शक्ति पैदा गर्ने बताए ।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते, सोमबार


Scroll to Top

Janata Media