राष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा

जनता संवाददाता
२०८० फाल्गुन २५ गते, शुक्रबार

काठमाडौं । राष्ट्रपति  रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा गरेका छन् । शुक्रबार शिवरात्रिको अवसरमा राष्ट्राध्यक्षको रुपमा उहाँले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा गरेका हुन् । शिवरात्रिमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा गर्ने प्रचलन रहेको छ । पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्टबाट राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गरे ।

राष्ट्रपति पौडेल पशुपतिनाथ मन्दिर प्राङ्गणमा आउँदा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, कोषका सदस्य सचिवलगायतले स्वागत गरेका थिए ।

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिरमा अहिले पनि दर्शनका लागि हजारौंको सङ्ख्यामा भक्तजन लामबद्ध छन् । महाशिवरात्रिको अवसरमा शुक्रबार बिहान ३ बजेदेखि चारवटै ढोका खुला राखिएको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते, शुक्रबार


Scroll to Top

Janata Media