चंखेलीको महादेव माविमा जनप्रतिनिधि, अभिभावक, शिक्षक र विद्याथीहरुबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता संवाददाता
२०८० चैत्र ९ गते, शुक्रबार

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका वडा नं २ स्थित महादेव माध्यामिक विद्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका जनप्रतिनिधि, अभिभावक, शिक्षक र विद्यार्थीहरुबिच विभिन्न सवाल जवाफमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीको प्रमुख आतिथ्यतामा, निमित्त प्रमुख प्रशासकीय अधिकृत पराम पाण्डेको विशेष आतिथ्यतामा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द जैसीको सभापतित्वमा अन्तरक्रिया तथा अघिल्लो शैक्षिक सत्रको समिक्षा र चालु शैक्षिक सत्रमा शैक्षिक गुणस्तर कसरी सुधार गर्ने भन्ने विषयमा सबै सरोकारवालाहरुको राय सुझाव लिई आगामी दिनको रणनिति तय भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि एवम् गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले शिक्षाका क्षेत्रमा आफुले विशेष ध्यान दिएको र व्यवस्थापनका लागि पनि प्रभावकारी ढंगले लाग्ने बताए । ‘म निर्वाचित भएदेखि विशेष गरेर शिक्षाका क्षेत्रमा विशेष ध्यान दिएको छु । यहाँका स्थानीय, राजनितिक दल र संघ संस्थाले साथ दियो भने साँच्चिकै शिक्षामा परिवर्तन ल्याउँछु ।’ कार्यक्रममा बोल्दै उनले भने ।

उक्त कार्यक्रममा सम्बन्धित सरोकारवालाहरु लगायत अभिभावक, शिक्षक र विद्यार्थीहरुले आआफ्ना धारणा तथा जिज्ञासा राखेका थिए । सम्पूर्णको जिज्ञासाको जवाफ अन्त्यमा कार्यक्रममा प्रमुख अतिथि एवम् गाउँपालिका अध्यक्ष शाहीले गरेका थिए ।

प्रकाशित मिति : २०८० चैत्र ९ गते, शुक्रबार


Scroll to Top

Janata Media