रारा सँगैको मुर्मा गाउँका स्थानीय वषौँदेखि अँध्यारोमा बस्न बाध्य

जनता संवाददाता
२०८० चैत्र २४ गते, शनिबार

सर्जन कुमार शाही, मुगु । नेपालकै प्रमुख पर्यटकीय गन्तव्य स्थल रारा ताल नजिकै रहेको मुर्मा गाउँका स्थानीयहरू विद्युतको पहुँच भन्दा बाहिर रहेका छन् । अहिले सम्म पर्यटकिय गाउँमा विद्युत बिस्तार हुन नसके पछि मुर्मा गाउँ पहुँच भन्दा बाहिर रहेको हो ।

स्वर्गको अप्सरा रारामा सदिऔँ देखि बसोबास गर्दै आएका मुर्मा गाउँका ८५ परिवारले अहिलेसम्म विद्युतको उज्यालो देख्न पाएका छैनन् । आफु हरू लगायत रारा घुम्न आउने आन्तरिक तथा बाह्यि पर्यटक हरू रातीको समयमा अँध्यारै बस्नु पर्ने बाध्यता रहेको स्थानिय बासिन्दाहरूको गुनासो रहेको छ ।

सदरमुकाम गमगढी बजार लगायत वरपरका बस्तीहरु बिजुली बत्तीले झिलिमिली देखिने गरेको भएप नि रारा मुर्मा गाउँ भने पहिले देखिनै रातिको समयमा राराताल घुम्न आउने पर्यटकका साथै स्थानिय बासिन्दा अन्धकारमा बस्न बाध्य बिवस छन् ।

गमगढीबाट करिब १ घन्टा दक्षिण दिशामा करिब डेढ दशक अघि निर्माण भएको ४ सय किलोवाट विद्युत उत्पादन क्षमता रहेको गमगाढ साना जलविद्युत आयोजना छ भने गत भदौमा राष्टिय प्रसारण लायन समेत पुगिसकेको छ । अहिलेसम्म पर्यटकिय गाउँ मुर्मा , लगायत सोरू ,खत्याड र कार्मारोङमा विद्युत बिस्तारको काम अघि नबढ्दा स्थानीय जनताहरूको बिजुली बत्ती बाल्ने धोको अधुरै रहेको छ ।

अर्कोतर्फ जिल्ला सदरमुकाममा राष्ट्रिय विद्युत प्रशारणलाई लाइन पुगे पनि रारा मुर्माबासीलाई भने विद्युत प्रतिक्षा गर्दै दिन बित्न थालेको छ । ‘गाउँमा बत्ती छैन, हुनेका घरमा सोलार बत्ती जोडिएका छन् नहुनेले अहिले पनि रारा राष्ट्रिय निकुञ्जका कारण झरोको दियालो बाल्न समेत मुस्किल छ । तर पनि सल्लोको दियालो बालेर जेनतेन समस्या टारेका छन्,’ रारा मुर्मा गाउँका बृषबहादुर रोकायाले दुखेसो पोख्दै भने ‘सरकारले हामीलाई बत्तीको सुबिधा दिन सकेको छैन ।मुर्मा गाउँका स्थानीयले गमगाढ जलविद्युत छायाँनाथ रारा नगरपालिका र रारा राष्ट्रिय निकुञ्ज समक्ष विद्युत उत्पादनको लागि बारम्बार आग्रह गर्दै आएका छन् । पर्यटकीय गाउँ भनेर सबै घुमफिर गर्नका साथै गाउँ हेर्न र बास बस्न यहाँ आउँछ मुर्मा गाउँमा भने बत्ति छैन । रोकायाले भने हाम्रो बसोबास अँध्यारोमा छ। निकुञ्जले गर्दा सल्लोको दियालो पनि पाउन मुश्किल छ ‘ उनले भने, ‘गरिबीले गर्दा सौर्यपाता किन्ने क्षमता छैन ।’

चार वर्ष अघि गमगाढ साना जलविद्युत आयोजनाबाट रारा मुर्मा गाउँमा विद्युत लैजान लाइन बिस्तार गर्न रारा निर्माण सेवाले ठेक्का पाए पनि उक्त कम्पनीको लापरबाहीले गर्दा काम अलपत्र परेको छ ।

ताल्च, पिना, झयारी, लामाचौर, माथितुम गाउँसम्म विद्युतको पहुँच पुगेको भएपनि मुर्मा गाउँमा नपुग्दा स्थानीय निरास छन् । निकुञ्जले गर्दा मुर्मा गाउँमा सडक बिस्तारमा बाधा भएको छ । गाउँमा सडक नपुग्दा स्थानीय दुई घण्टा हिडेर गमगढी पुग्ने र फेरि दुई घण्टा उकालो चढेर घर पुग्ने गरेका छन् । यो आर्थिक बर्षमै रारा मुर्मा गाउँमा विद्युत पुर्‍याउन लक्ष्य रहेको गमगाढ जलविद्युत आयोजना प्रमुख साजन बहादुर ऐडीले बताए । ठेक्का मार्फत काम सुरु भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० चैत्र २४ गते, शनिबार


Scroll to Top

Janata Media