डेंगुबाट एकको मृत्यु

जनता संवाददाता
२०८१ भाद्र १७ गते, सोमबार

काठमाडौं । डेंगुका कारण चितवनमा एक जनाको मृत्यु भएको छ । चितवनमा डेँगुले मृत्यु हुने यो पहिलो घटना हो । चितवनका जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार चितवन मेडिकल कलेजमा उपचार भइरहेका एक जना पुरुषको डेँगुका कारण मृत्यु भएको हो ।

चितवनमा पछिल्लो २४ घण्टामा १४ जनामा डेँगु सङ्क्रमण देखिएको कार्यलयले जनाएको छ । चितवनमा यो वर्ष परीक्षण गरिएका ३ हजार ४४ परीक्षणमध्ये ७२७ जना सङ्क्रमित भएको तथ्याङ्क छ ।

प्रकाशित मिति : २०८१ भाद्र १७ गते, सोमबार


Scroll to Top

Janata Media